दफा २६
विभागको काम, कर्तव्य र अधिकार
खाघ स्वच्छता तथा गुणस्तर नियमन गर्ने वा गराउने सम्बन्धमा .विभागको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) खाध्य श्रृङ्खलाको सबै चरणमा स्वच्छता तथा गुणस्तर नियमन गर्ने,

(ख) आहारपूरक, न्यूट्रास्युटिकल, प्रोप्राइटरी लगायतका खाध पदार्थको खाद्य स्वच्छता व्यवस्थापन प्रणालीको विकास गर्ने तथा खाध पदार्थ सम्बन्धी मापदण्ड निर्धारण गर्ने,

(ग) यस ऐन बमोजिम अनुमतिपत्र लिनु पर्नेमा सो बमोजिम ८ अनुमतिपत्र लिएर खाद्य व्यवसाय सञ्चालन गरे वा नगरेको अनुगमन गर्ने,

(घ) कसैले यस ऐन बमोजिम तोकिएको गुणस्तरभन्दा न्यून गुणस्तरको खाच्च पदार्थ वा दफा १५ बमोजिमको दूषित खाद्य पदार्थ वा कुनै खाद्य पदार्थ ढाँटी झुक्याई बिक्री वितरण गरे वा गराएको वा खाद्य प्रयोगशालाले यस ऐन बमोजिमको मापदण्ड पूरा गरे वा नगरेको विषयमा नेपाल सरकारले नेपालभर र प्रदेश सरकार वा स्थानीय तहले आफ्नो क्षेत्रमा अनुगमन तथा निरीक्षण गर्ने वा गराउने,

(ङ) खाद्य स्वच्छतासँग सम्बन्धित जोखिमको मूल्याङ्कन, व्यवस्थापन, सञ्चार तथा नियमन प्रणाली विकास गर्ने,

(च) अन्य सम्बन्धित निकायसँगको समन्वयमा खाद्यजन्य रोगहरूको निगरानी (फुड बोर्न डिजिज सर्भिलेन्स) गर्ने संयन्त्रको विकास तथा व्यवस्थापन गर्ने,

(छ) प्रदेश सरकार तथा स्थानीय तहबाट हुने खाद्य व्यवसाय निरीक्षण तथा अनुगमनमा सहयोग तथा सहजीकरण गर्ने,

(ज) खाद्य पदार्थको - स्वच्छता तथा गुणस्तरको आधारमा विभिन्न प्रकारका लोगो एवं स्टिकरको माध्यमबाट खाद्य. व्यवसायको स्तरीकरण तथा ग्रेडिङ्ग गर्ने,

(झ) खाद्य: प्रविधि तथा खाद्य पोषणको अध्ययन, अनुसन्धान र विकास गर्ने,

(ज) खाच्य स्वच्छता, गुणस्तर तथा पोषण सम्बन्धी जनचेतना अभिवृद्धि तथा तालिम प्रदान गर्ने,

(ट) कोडेक्स एलिमेन्टारीयस कमिशन लगायतका खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी अन्तर्राष्ट्रिय संघ, संस्थाको सम्पर्क बिन्दु तथा खाद्य स्वच्छताको हकमा स्यानिटरी एण्ड फाइटोस्यानिटरी (एस.पी.एस.) इन्क्वारी प्वाइण्ट सम्बन्धी काम गर्ने,

(ठ) विभागले प्रवाह गर्ने सेवा प्रभावकारी ढङ्गले प्रवाह गर्न आवश्यकता अनुसार विद्युतीय प्रणाली विकास गरी प्रयोगमा ल्याउने, र

(ड) तोकिए बमोजिमका अन्य काम गर्ने।